logo

रिना र निर्मलाका दोसी जती जनाको बयान लिए पनि पत्ता लागेन [भिडियो हेर्नुहोस ]

May 08, 2019

मोरङको पथरीकी रीना बस्नेत मृत्यु सम्बन्धी घटनामा प्रहरीले तीन जनाको पोलिग्राफ जाँच गरेको छ । वैशाख ७ गते शनिबार बिहान बस्नेतको निर्वस्त्र शव आफ्नै डेरा अगाडिको सडकमा घोप्टो अवस्थामा फेला परेको थियो। त्यो घटनाको सुक्ष्म र गहन अनुसन्धान गरिरहेको मोरङ प्रहरीले शङ्कास्पद तीन जनाको पोलिग्राफ जाँच गराएको छ ।प्रहरीले रीनाको प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीनाले डेरा गरी बस्ने घरमै बस्दै आएका मदन भट्टराईको पनि पोलिग्राफ जाँच गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले तीनजनाको पोलिग्राफ जाँच गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘‘यसअघि बयान पनि लिएका थियौं तर थप अनुसन्धानका लागि पोलिग्राफ पनि जाँच पनि गरिएको हो ।’’यो जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने डिएसपी श्रेठले बताए । नेपाल प्रहरी हिरासतमा छन् । मदन परिवारको साथमा मृतक रीना बस्दै आएको फ्ल्याटको पूर्वतर्फको भागमा बस्दै आएका छन् । मोरङ प्रहरीले यो घटनामा ३७ जनासँग लिखित बयान लिएको र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको छ । भिडियो हेर्नुहोस



यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

“प्रवास व्यक्ति विशेष व्यक्तित्व” कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका अध्यक्ष श्री जगत बाहादुर बारामसंग घम्सा घम्सी …..

“REKHA SHRESTHA”नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी



हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com