logo

तपाइलाई थाहा छ, धेरै खुसी वा दुःखी हुने मानसिक रोग वाइपोलार डिसअर्डर (भिडियो)

Apr 23, 2019

पछिल्लो समय वाइपोलार डिसअर्डरको समस्या धेरैमा देखिएको छ । यो रोगका बिरामी विश्वमा नै बढ्दै गएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । नेपालमा पनि यस्तो समस्याले धेरैलाई सताएको पाइन्छ । के हो वाइपोलर डिसअर्डर ? यो हुने कारण र बच्ने उपायबारे नशा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग हाम्रोडक्टरन्युजले गरेको महत्वपूर्ण कुराकानी ।

के हो वाइपोलार डिसअर्डर (bipolar disorder) ?

वाइपोलार डिसअर्डर भनेको एक किसिमको कडा खालको मानसिक रोग हो । डिप्रेशन र मिनिया दुबै समस्या एकै व्यक्तिमा देखा पर्यो भने त्यसलाई वाइपोलार भएको मान्न सकिन्छ । कहिले मन निरास हुने, दुखी हुने, बाच्नुको अर्थ छैन जस्तो लाग्ने, एक्लो महसुस गर्ने लक्षण देखिने त कहिले मिनिया जस्तो धेरै खुसी हुने,आफु जस्तो राम्रो ठुलो कोही छैन भन्ने भान हुने मेलै जे गरेनी राम्रो हुन्छ भन्ने स्वाभाव देखाउने आदि लक्षण देखा पर्दछ । या डिप्रेसन ठिक भयो भने मिनिया देखिने र मिनिया ठीक भयो भने डिप्रेसनका लक्षण देखिने रोगलाई नै वाइपोलार डिसअर्डर भनिन्छ ।

वाइपोलार डिसअर्डर हुने कारण के के हुन् ?

यो हुने कारण धेरै छन् । बिरामीपिच्छे नै यसका कारण फरक पर्न पनि सक्छ । तर सामान्यतया स्नायु नशामा विभिन्न खालको समस्या हुनु, बढी तनाव, अनिन्द्रा हुनु वा वंशाणुगत गुण, बढी मद्यपान वा धुम्रपान गर्ने मानिसमा यो हुने संभावना बढी हुन्छ ।

यसका लक्षणहरु के कस्ता देखिन्छन् ?

यसका लक्षण भनेकै डिप्रेशन र मिनियाका लक्षण हुन् । जस्तै: मन धेरै चन्चल हुने,खुसी हुने । अति हिम्मत बढ्ने । खाने,बस्ने,सुत्ने कुराको मतलब नगर्ने । व्यावहारिकता भन्दा भावनामा रमाई आफुसंग भएका कुराहरु बाडेर वा अनावश्यक खर्च गरेर सक्ने । बढि रिसाउने । आफुले भनेको कुरा मात्र ठीक अरुले भनेको बेठीक मान्ने । धेरै दुखी हुने । एक्लो महशुस गर्ने । निराश हुने । आफुमा केही छैन भन्ने हीनभावना उत्पन्न हुने । संसारलाई नै शून्यता देखेर मर्न मन लाग्ने । कसैसँग बोल्न मन नलाग्ने एकान्तमा बस्न मन पराउने लगायतका लक्षण देखन्छन् ।

कुन उमेर समुहका मानिसमा यो रोग बढी देखिन्छ ?

पहिले पहिले यो रोगलाई ढल्कँदो उमेरमा मात्र देखिन्छ भन्ने थियो । तर अहिले कम उमेरका मानिसमा पनि यो रोग देखापर्ने गरेको छ । यद्यपी २० २५ वर्ष पूरा भएका मानिसमा यो अलि बढी देखिन्छ ।

यो रोगबाट बच्ने उपाय के के हुन् ? कतिपय मानिसले यो रोगलाई रोग कै रुपमा लिँदैनन् । तर यो कडा खालको मानसिक रोग हो । यसलाई सुरुवाती चरणमै परीक्षण गरेर औषधि सेवन गर्यो भने पूर्ण ठीक हुन्छ । तर यसलाई बेवास्ता गर्यो भने यसले गम्भीर असर गर्दछ । माथिका कुनै पनि लक्षण देखियो भने तुरुन्त अस्पताल जाने । चिकित्सकले भने बमोजिम खानपान र औषधि सेवन गर्ने । धुम्रपान मद्यपान नगर्ने, अनिदो नबस्ने लगाएतका कुरामा सावधानी अपनायो भने यो रोगबाट बच्नुका साथै पूर्ण स्वस्थ जीवन जीउन सकिन्छ । यो समाचार स्वदेश नेपालमा छ,

यो भिडियो पनि हेर्नुहोस

  के इजरायलमा खेलाडी र कलाकारको नाममा अबैधानिक रुपमा भित्रिएकै हो त् , पूर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल र NRNA इजरायलका महासचिब तेन्जिंग शेर्पासंगको कुरा कानी ( भिडियो हेर्नुहोस )

इजरायल आउनको लागि के के  आबस्यक छ त ?  नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी

नेपाल आदिवासी जनजाती महासंघ पार्टीको भर्ति केन्द्र नै हो त ?  जगत बहादुर बरामसंग घम्सा घम्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com