logo

किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे (अबि ) निर्बाचित

Apr 15, 2019

रेखा श्रेष्ठ / इजरायल,

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सब तथा साधारणसभा सनिबार १३ अप्रिल २०१९ तेलअबिबको एभरेष्ट डिस्को हलमा भब्यरुपमा हालै कार्यक्रम सम्पन भएको छ| साधारणसभाले एक वरिष्ठ सलाहकार र १३ सदस्यीय कार्य समिति चयन गरेको छ |

यस संगै किराँत याक्थुङ चुम्लुङ इजरायलले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अधिवेशनबाट कुमार आङ्देम्बे अबिको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा कुमार आङ्देम्बे अबि चयन भएका छन्, भने प्रथम उपाअध्यक्षको जिमेबरी नुमा काङ्भा बखिमलाई दिएको छ, उपाअध्यक्षमा जया कुमारी चेम्जोङ चयन भएकी छीन् । त्यस्तै संस्थाको महासचिवको जिम्मेवारी राज आङ्देम्बे लिम्बुलाई दिइएको छ ।

त्यसैगरि सचिबमा कन्चन काङ्भा बखिम चयन भएकी छीन् । संस्थाको कोषा-अध्यक्षमा
खुमा लिम्बु रहेकी छिन । भने सह कोषाध्यक्षमा बसन वनेम चयन भएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा संगिता आङ्थुपो, सुदिप आङ्बुङ, प्रताप मोरेसङ, तुल्सा तुम्बाहाङ्फे, सकुन इजम र सन्जु केदेम चयन भएका छन् भने किराँत याक्थुङ चुम्लुङ इजरायलकी पूर्व अध्यक्ष गिता तुम्बाहाङफेलाई वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिएको छ |

पहिलो चरणको कार्यक्रमको सभापति किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष गिता तुम्बाहाङ्फेले गरेको थियो | भने प्रमुख अतिथि नेपालआदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ रहेका थिए , बिशेष अतिथिमा नेपालबाट आमन्त्रित गायक तथा मोडल कुशल थलङ लिम्बु रहेको कार्यक्रममा विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेको कार्यक्रममा मिडिया कर्मीलगायत इजरायल वासी नेपालीहरुको उल्यख्य मात्रामा उपस्थिति रहेको थियो |

पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथिले शुभकामना मन्तब्य राखेका थिए |

कार्यक्रममा निवर्तमान कोषाध्यक्ष श्री आइन्द्र योङ्या ज्युले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने महासचिव कुमार आङ्देम्बे अबिले वर्षभरिको कियाचु इजरायलको गतिविधि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन याक्थुङहरुको मौलिक बाजा “के” प्रमुख अतिथी श्रीमती आस्था सुब्बा ज्यु र सभापति गिता तुम्बाहाङ्फेले “के” च्याब्रुङ बजाएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । भने कार्यक्रम समापन संगै दोस्रो चरणको कार्यक्रम साधारण सभाले कार्यसमिति चयन गरेको थियो |

यो भिडियो पनि हेर्नुहोस
के इजरायलमा खेलाडी र कलाकारको नाममा अबैधानिक रुपमा भित्रिएकै हो त् , पूर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल र NRNA इजरायलका महासचिब तेन्जिंग शेर्पासंगको कुरा कानी ( भिडियो हेर्नुहोस )

इजरायल आउनको लागि के के  आबस्यक छ त ?  नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी

नेपाल आदिवासी जनजाती महासंघ पार्टीको भर्ति केन्द्र नै हो त ?  जगत बहादुर बरामसंग घम्सा घम्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com