logo

नेपालबाट आमन्त्रित कलाकार प्रितिआले र कृष्ण काफ्ले द्वारा इजरायलमा नयाँ वर्ष २०७६को अबसरमा धमाकेदार प्रस्तुति …

Apr 12, 2019

नेपाली नयाँवर्ष २०७६को अवसरमा १२ अप्रिल २०१९ शुक्रबार बेलुकी ७ बजे तेलअभिवमाहुने विशेष सांगितिक कार्यक्रममा नेपालबाट चर्चित गायिका प्रिति आले र गायक कृष्ण काफ्ले ईजरायलमा आईसकेका छन् ।


दुईदर्जन संघसस्थाको आयोजनामा हुन लागेको नयाँवर्ष २०७६को कार्यक्रममा विशेषगरी ईजरायलमा कार्यरत नेपालीहरु आफ्नै चर्चित गायकगायिकाहरु सँग भव्यसभ्य रुपमा मनोरञ्जन लिने तयारीमा रहेका छन् । आफ्नो मातृभुमिप्रतिको अगाद माया र सद्भाव र आफ्नो देशको नयाँवर्ष मनाउन आतुर ईजरायलमा कार्यरत नेपालीहरु २०७६ सँगै गायकगायिका संगै रमाईलो गर्न पाउने भएपछि ईजरायलमा चर्चित गायक कलाकारहरुआएपछि निकै उत्साहित देखिएका छन् ।

‘हामी उत्साहित भएका छौ, भोली नयाँवर्षको उपलक्ष्यमा रमाईलो गरि मनाउने तयारीमा रहेका छौ,’ एक सहभागिले भने, ‘भोलीको लागि आजैबाट तम्तायरी अवस्थामा रहेका छौ ।’ उक्त कार्यक्रममा स्थानियकलाकारहरुको पनि सांगितिक कार्यक्रममा सहभागिता र रहने आयोजकले जनाएको छ । आपतकालिन राहत कोषको निर्माण गर्ने उद्धेश्यले आयोजित नयाँवर्ष सांगितिक साँझमा सयौ नेपालीहरु सहभागिहुने विश्वास आयोजकले गरेको छ ।

विरामीहरुको संख्या वृद्धिहुदै गएपछि एनआर एन ए एनसीसी ईजरायलको संरक्षणमा आपतकालिन कोष ईजरायलले आर्थिक कोष वृद्धि गर्नुपर्ने देखिएकाले उक्त कार्यक्रमबाट बचेको रकम कोषमा जम्मा गरिने आयोजकले जनाएका छन् । यसकार्यक्रमको प्रचारप्रसारलाई विश्वव्यापी गराउन बुद्धसन्देश डट कम लगायत एकदर्जन भन्दाबढि मिडियाहरुपनि मिडियापार्टरमा रहेका छन् |
यस कार्यक्रमको प्रतक्ष्य प्रसारण बुद्ध संदेश टेलिभिजन बाट बिश्व भर हेरन सक्नु हुने छ |

प्रकाशित बिहीबार २८ चैत, २०७५ ###प्रितिआले र कृष्ण काफ्लेको तेलअभिवमा दमदार सांगितिक प्रस्तुती हुदै ## ###

हामीले यो समाचार बुध संदेशबाट लिएका हौ |

यो भिडियो पनि हेर्नुहोस
के इजरायलमा खेलाडी र कलाकारको नाममा अबैधानिक रुपमा भित्रिएकै हो त् , पूर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल र NRNA इजरायलका महासचिब तेन्जिंग शेर्पासंगको कुरा कानी ( भिडियो हेर्नुहोस )

इजरायल आउनको लागि के के  आबस्यक छ त ?  नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी

नेपाल आदिवासी जनजाती महासंघ पार्टीको भर्ति केन्द्र नै हो त ?  जगत बहादुर बरामसंग घम्सा घम्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com