logo

तनुश्रीद्वारा नाना पाटेकरविरुद्ध प्रहरीमा यौनहिंसाको उजुरी

Oct 07, 2018

काठमाडौं । बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध १० बर्ष अघि यौनहिंसा गरेको उजुरी प्रहरीमा दर्ता गराएकी छन् ।केही दिनअघि देखि मिडियामा उक्त विषयमा अन्तरवर्ता दिएर सनसनी मच्चाइरहेकी तनुश्री अन्ततः प्रहरी थानामा पुगेकी हुन् । महाराष्ट्रका गृहमन्त्रीले मिडियामा आउनुभन्दा पनि प्रहरीकहाँ उजुरी दिएर जाँच गराउँदा हुने बताएका थिए ।

उनले ओशिवारा प्रहरी चौकीमा उजुरी दर्ता गराएको समाचारहरूमा जनाइएको छ ।तनुश्री र नानाले ‘हर्न ओके प्लिज’ भन्ने फिल्ममा सँगै अभिनय गरेका थिए । सन् २००८ मा छायांकन भएको फिल्मको आइटम गीतमा तनुश्री र नानापाटेकरको अभिनय रहेको थियो ।बलिउड छाडेर अमेरिका बसेको १० बर्षपछि फर्किएकी तनुश्रीले उक्त फिल्मको गीतको छायांकनका क्रममा गलत तरिकाले नाना पाटेकरले छोएको अभियोग लगाएकी थिइन् ।उक्त घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका नानाले यसको जवाफ १० बर्ष अघि नै दिइसकेको पनि बताएका थिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com