logo

साफ यु-१८ महिला च्याम्पियनसिप: उपाधि उचाल्ने लक्ष्यमा नेपाली चेली

Oct 07, 2018

२१ असोज, काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु-१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ ।

समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा २-१ गोलले हारेको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल छ ।सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । बंगलादेशले भने आयोजक भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।फाइनल खेलअघि भुटान र भारतले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com