logo

यू–१८ साफ महिला च्याम्पियनसीपः आज नेपालले पाकिस्तानसँग खेल्दै

Sep 28, 2018

काठमाडौँ, १२ असोज । साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपालले शुक्रबार पाकिस्तानसँग खेल्दै छ ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले शुक्रबार पाकिस्तानसँग पहिलो खेलका रुपमा भिड्न लागेको हो । समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ सवा सात बाजे शुरु हुनेछ । समूह ‘ए’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । नेपालले दोस्रो खेल आगामी मङ्गलबार बङ्ङ्गलादेशसँग खेल्नेछ ।

समूहको दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com