logo

३२ वर्षकी महिला, जो सुतेर बिउझिँदा १५ वर्षे किशोरी बनिन्

Sep 27, 2018

एक बिहान जब नाओमी ज्याकब्स बिउँझिइन् । उनलाई याद नै थिएन कि उनी को हुन् ।बेलायतको म्यानचेस्टर सहरको एउटा सानो घरभित्र बिउझिँदा उनले जीवनकै सबैभन्दा अनौठो तथा चमत्कार महसुस गरिन् ।सन् २००८ को एक रात सुत्दा उनको उमेर ३२ वर्षको थियो । तर अर्को बिहान बिउझिँदा उनले आफूलाई १५ वर्षकी किशोरीको रुपमा पाएकी थिइन् । उनी सन् २००८ मा जागेकी थिइन् तर उनका लागि त्यो सन् १९९२ थियो । वास्तवमा उनी पछिल्लो १७ वर्ष अर्धचेत अवस्थामा थिइन् ।

उनले भनेकी छिन्, शुरुमा त मैले सोचेँ कि सपना देखिरहेकी छु । तर यो एउटा खराब सपना थियो । म जुन कोठामा जागेकी थिएँ त्यो पनि मैले देखेकी थिइन । बिउझिँदा मैले सुरुमा देखेको पर्दा पनि चिनिँन । कोठाका सबै चिज मेरा लागि नयाँ थिए । जिउमा लगाएका लुगा तथा आफ्नै जिउसमेत मलाई नौलो लागेको थियो । मैले आफूलाई ऐनामा हेरेँ । मेरो अनुहार बदलिएको थियो । अनुहार पहेँलो जस्तो देखिएको थियो र बुढ्यौली लागेजस्तो थियो । बोल्दाखेरि आफ्नो आवाज पनि अनौठो लाग्यो ।

तर आखिर कसरी सम्भव भयो यो सबै ?

वास्तवमा नाओमी पछिल्लो डेढ दशकदेखि झण्डै स्मरण शक्ति शून्य भएको अवस्थामा थिइन् । उनले आफ्ना सबै स्मरण गुमाएकी थिइन् । सन् १९९२ देखि स्मरण गुमाएकी उनले ब्युझिँदाखेरि २१ औँ सताब्दीको आठौँ वर्षमा थिइन् । तर उनले आफूलाई सन् १९९२ कै जस्तो ठानिरहेकी थिइन् जतिबेला उनी १५ वर्षकी मात्र थिइनन् दुनियाँमा पनि निकै फरक थियो ।

उनको स्मरण रहेको अन्तिम समयसम्म दक्षिण अफ्रिकामा स्वतन्त्रता आन्दोलन सकिएको थिएन । इराकमा सद्दाम हुसेनको सत्ता थियो भने बेलायतमा राजकुमारी डायनाका प्रशंसक बढिरहेका थिए । त्यस्तै अमेरिकामा कुनै काला जातिका मानिसका लागि ह्वाइट हाउससम्म पुग्ने कुराको इच्छा राख्नु सपनाजस्तै थियो ।तर उनी ब्युझिँदा वा स्मरण शक्ति फिर्ता प्राप्त गर्दा अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए । यतिमात्र होइन उनी आफैं पनि एक १० वर्षे छोराको आमा बनिसकेकी थिइन् । स्मरण शक्ति गुमाएकै बेलामा उनको बिहे भई बच्चा पनि जन्मिसकेको थियो ।

सन् १९९२ मा स्मरण शक्ति गुमाउनु अघिसम्म उनी बेघर तथा लागूऔषधको अम्मली बनेकी थिइन् । त्यहीँ समय उनलाई बाइपोलर डिसअर्डर नामक समस्या देखियो र उनको सबै स्मरण शक्ति गुम्यो ।अन्ततः बहिनी तथा साथीको सहयोगमा उनको निरन्तर उपचारपश्चात् उनले सन् २००८ मा स्मरण शक्ति फिर्ता पाइन् । उनले पछिल्लो समय आफ्नो अनौठो जीवनको अनुभूति बाँड्ने गरेकी छन् ।

एजेन्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com