logo

समुद्रका माछा राजमार्गमा छरिएपछि…

Sep 24, 2018

काठमाडौं, माछा मार्न मान्छेहरु नदिमा जान्छन् । दिनभर कति प्रयास गरेर माछा मारेका हुन्छन् वा आफैं व्यवसायीक खेती गरेका हुन्छन् मान्छेहरु । वर्षौंदेखि माछा मार्दै आफ्नो पहिचान नै बनाएका पनि छन् कयौं समुदायहरुले ।तर अमेरिकामा यस्तो भएकोे छ की सडकमै माछाको प्राकृतिक बजार लागेको छ । अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा आँधी आयो । आँधीले कयौं क्षति त अवस्य गर्‍यो तर केहि उपहार भने अवस्य दिएर गएको छ । आँधीका कारण ४४ जनाको मृत्यु भएको थियो ।

अचम्म त त्यतिवेला भयो जब सवारी गुड्ने सडकभरी माछाहरु छरिएका तस्वीरहरु सार्वजनिक भए । क्यारोलिनाको पेन्डरलिय अग्नी विभागले फेसबुकमा मरेका माछाहरु सवारी हिड्ने बाटोमा छरपस्ट भएको तस्वीर सार्वजनिक गरेकोपछि यसले निकै चर्चा कमायो ।सामाजिक सञ्जालहरुमा बाढीले बगाएर ल्याएका माछाहरुको तस्वीर र भिडियोहरु यतिवेला भाइरल भइरहेका छन् । कतिपय स्थानमा माछा हटाउन बाटो सफा गरिएको समेत देखाइएको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com