logo

बारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो

Sep 21, 2018

बेलायतका एक ७५ वर्षीय किसानले ३० किलोको भिमकाय बन्दा आफ्नो बारीमा फलाएर सबैलाई छक्क पारिदिएका छन् ।किसानको नाम नीम इयान हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दाको प्रदर्शन गरेका छन् ।यी वृद्ध किसान आफुले फलाएको बन्दाकोभीका कारण पुरस्कृत पनि भएका छन् । प्रदर्शनीमा आएका सबैजनाले उक्त बन्दा हेरेर निकै प्रसंसा गरे उनको । हातमै जादू रहेछ भने धेरैले ।

वास्तवमा यी वृद्धको हातमा जादू नै छ । भिमकाय तरकारी फलाउनमा उनी पारंगत छन् । यसअघि पनि उनले निकै वजनदार तरकारीहरु फलाइसकेका छन् ।पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक तबरले उब्जाएको उनको दाबी छ । तर यो उब्जाउनका लागि निकै मेहेनत उनले गर्नुपर्यो ।

आफुले अहिलेपनि आफ्नो बारीमा अन्य ठूला तरकारीहरु फलाइरहेको भन्दै उनले केही समयपछि नै ती तरकारीहरु पनि प्रदर्शन गर्ने बताएका छन् ।यद्यपि उनको ३० किलोको बन्दाले किर्तिमान भने कायम गर्न सकेको छैन । विश्वको सबैभन्दा ठूलो बन्दागोभी फलाउने किसानको रुपमा अमेरिकाका स्कट रबको नाममा विश्व किर्तिमान छ । उनले ६२ किलोको बन्दा फलाएका थिए ।

एजेन्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com