logo

फेसबुकका सक्रिय प्रयोगकर्ता आधाले घटे

Aug 12, 2018

पछिल्लो २ वर्षमा फेसबुक साइटमा सक्रिय हुने प्रयोगकर्ताको संख्या झण्डै आधाले घटेको एक अध्ययनले देखाएको छ ।अध्ययन अनुसार प्रतिस्पर्धी सोसल प्लाटर्फम युट्युबप्रति युवापुस्ताको मोह बढ्दै जाँदा फेसबुकप्रतिको मोह भने घटिरहेको देखिएको छ ।पछिल्लो दुई वर्षको अवधिमा मासिक फेसबुक वेबपेज भिजिट संख्या उल्लेख्य रुपमा घटेको छ । दुईवर्षअघि मासिक फेसबुक वेजपेज भिजिट ८ अर्ब ५० करोड रहेकोमा अहिले त्यो संख्या ४ अर्ब ७० करोडमा झरेको छ ।

मोबाइल एपमार्फत फेसबुक चलाउने प्रयोगकर्ताको संख्या निरन्तर रुपमा बढिरहेको भएपनि यसले फेसबुकका कूल सक्रिय प्रयोगकर्ताको संख्यामा भैरहेको गिरावट थाम्न सकेको छैन ।बेलायतको मार्केट रिसर्च र्फम सिमिलर वेबले अमेरिकाका टप फाइभ साइटहरुको ट्राफिक अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो । कम्पनीले गुगल, फेसबुक, युट्युब, याहु र अमेजनको अध्ययन गरेको थियो ।

अध्ययनको क्रममा अनलाइन प्रयोगको बदलिँदो आकारका साथै ब्राउजिङका पछिल्ला प्रवृत्तिहरु केलाइएको थियो ।अध्ययन अनुसार गुगलले अहिलेपनि इन्टरनेट ट्राफिकको क्षेत्रमा ठूलो अन्तरसहितको अग्रता कायम गरिरहेको छ । खासगरी सर्च इन्जिनको क्षेत्रमा यसको प्रभुत्वमाथि अरुले खासै चुनौति दिन सकेका छैनन् ।

शोधकर्ताहरुका अनुसार फेसबुकको अवस्था भने सन्तोषजनक छैन । प्रयोगकर्ताहरु फेसबुकप्रति कममात्रै केन्द्रित हुन थालेका छन् । नियमित रुपमा फेसबुक वेबसाइट चलाउनेको संख्या झण्डै आधाले घटेको छ । तथापि फेसबुक एप तथा इन्स्टाग्राम र मेसेन्जर प्रयोगकर्ताको संख्या भने बढेको छ ।त्यस्तै युट्युबको ट्राफिक र दर्शकको संख्या पनि ह्वात्तै बढेेको छ । पछिल्लो समय युट्युव युवापुस्ताको लागि मनोरञ्जन र सूचनाको प्रमुख श्रोत बन्दै गएको छ । एजेन्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com