logo

एनटीको सट्टामा अब ‘नमस्ते रिचार्ज’ कार्ड

Aug 01, 2018

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् ।कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने छ ।कम्पनीले रु. ५०, १००, २००, ५०० र १००० दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ ।

नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिन्छ ।जीएसएम मोबाइलका ग्राहकहरुले *412*PIN Code# डायल गरेर पनि रिचार्ज गर्न सकिन्छ । साथै नेपाल टेलिकमको मोवाइल एप तथा वेबसाइट मार्फत पिन कोड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ ।नेपाल टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ । बजारमा उपलब्ध रिटेलरहरु मार्फत यी सेवा प्रयोग गर्न सकिन्छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com