logo

लक्ष्मणलाल कर्ण : भारतसँग नेपालले विशेष सम्बन्ध राख्नुपर्छ नभए नेपालको विकास हुन सक्दैन, ( भिडियो अन्तर्वार्ता )

Apr 11, 2018

संविधान संशोधन लगायत राजपाको माग पूरा नगरेसम्म सरकारमा नजाने राजपाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले माउण्टेन टेलिभिजनको कार्यक्रम माउण्टेन संवादमा कुराकानी गर्दै बताए।

सबै जनता मेरै हुन् भन्ने राज्यले नसोचेका कारण धेरै देशहरु टुक्रिएका छन्।शक्ति केन्द्रमा मात्रै राख्ने प्रदेशलाई केहिपनी अधिकार नदिएका कारण रुस,पाकिस्तान लगायतका देश टुक्रिएका हुन्।हामीले टुक्रिने कुरा कहिल्यै गरेका छैनौं,सबैलाई अधिकार देउ,देशका सबै नागरिकले म नेपाली हुँ भनेर गर्व गर्नसक्ने अवस्थामा पुर्याउ,यदि त्यसो नगरिएमा कालान्तरमा देश टुक्रिन्छ, कर्णले चेतावनी दिए।

रेशम चौधरीलाई झुटा मुद्धा लगाएको हो,जसको कारण भारि मतले जनताले रेशमलाई जिताए।जनतालाई जुनदिन रेशम चौधरी लगायतले न्याय नपाउने भन्ने आभास हुन्छ त्यो दिनदेखी जनताहरु सडकमा उत्रिने कर्णले बताए।

बार्ता र छलफलको माध्यमबाट निकास निस्कियोस् भन्ने आफूहरुको चाहना रहेको र बार्ताबाट आफूहरु कहिलै नभाग्ने कर्णले उल्लेख गरे।

नेपालको विकास,हित चाहने हो भने भारतसँग सम्बन्ध राम्रो बनाउनै पर्छ।भारतसँग विशेष सम्बन्ध राखिएन भने नेपालको विकास हुन सक्दैन।कहिलेकाहि उत्तेजनामा आएर नेपाल सरकारले भारतविरुद्ध प्रचार गर्ने गरेको आरोप कर्णले लगाए।

हेर्नुहोस् कर्णसँगको कुरारानी

प्रकाशित मिति : २०७४ चैत २८,बुधबार

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com