logo

नीर शाह : अनमोल केसीको कुनैपनी फिल्म हेरेको छैन,राजेश हमाल सुपरस्टार होइनन् : (भिडियो हेर्नुहोस )

Apr 09, 2018

नीर शाह नेपाली चलचित्र जगतका हस्ती हुन्।शाहले २०२४ सालमा हीरासिंह खत्रीले निर्देशन गरेका ‘परिवर्तन’ चलचित्रबाट अभिनय यात्रा शुरु गरेका थिए।

तीनसय भन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका शाह निर्देशक,अभिनेता,गीतकार,निर्माता समेत हुन्।बहुमुखी प्रतिभाका धनी शाह नेपाल टेलिभिजन स्थापना हुँदा प्रमुख थिए।

नेपालका पहिलो टेलिभिजनकर्मी शाहले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई शो’ मा कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीसँग कुराकानी गरे।

शाहले कार्यक्रममा आफ्ना जवानीका रमाईला कुराहरु मात्र सुनाएनन् नेपाल टेलिभिजन स्थापना गर्दाको समयको अफ्ठ्यारा र रमाईला कुराहरु सुनाए।

अहिलेका जल्दाबल्दा हिरो अनमोल केसीको कुनैपनी फिल्म अहिलेसम्म आफूले नहेरेको नीर शाहले बताए।अनमोलको स्टारडमको बारेमा सुनेको तर उनको अभिनयको बारेमा आफ्नो धारणा अनमोलको फिल्म हेरिसकेपछि मात्रै बनाउने शाहको भनाई छ।

राजेश हमाल सुपरस्टार होइनन्,स्टार मात्र हुन्। सुपरस्टार नै नहुने शाहले बताए। एकजनालाई मात्रै औल्याएर सुपरस्टार भन्न नमिल्ने शाहले जिकिर गरे।

शाहले अगाडि भने-‘नेपाली चलचित्र उधोगमा अत्याधिक मात्रमा योगदान भुवन केसीले दिएका छन्,उनलाई सधैं सम्झिरहनु पर्छ।’

हेर्नुहोस् शाहसँगको कुराकानी

प्रकाशित मिति : २०७४ चैत २६,सोमबार

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com