logo

साम्राज्ञीका लागि किन चल्नुपर्छ ‘तिमीसँग’ ? भिडियो हेर्नुहोस

Mar 19, 2018

नेपाली फिल्म क्षेत्रमा छोटो समयमा नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह डिमाण्डेड भएको कुरालाई नकार्न सकिदैन । तर, अझै पनि के साम्राज्ञी एउटा फिल्म सिंगैं बोक्न सक्छिन् होला त ?

पहिलो फिल्ममा अभिनेता अनमोल केसी भएका कारण उनलाई सजिलो भयो । दोश्रो फिल्म ‘ए मेरो हजुर २’मा साम्राज्ञी चर्चामा थिइन् तर उनलाई नव–अभिनेता सलिनमान बनियाँले साथ दिए । सलिनको चलकेटी अनुहारकै कारण पनि हलमा दर्शकको ताती लाग्यो ।

अब, चैत्र २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘तिमी सँग’ मा अभिनेता आकाश श्रेष्ठ र नाजिर हुसेन साम्राज्ञीको जोडीको रुपमा छन् ।

यो फिल्मलाई साम्राज्ञीले बोक्नु पर्ने देखिन्छ । किनकी, आकाश र नाजिरको नाममै फिल्म चलेको छैन । यसकारण, पनि यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको खण्डमा साम्राज्ञी स्टारड बनाउन सफल छिन् भन्ने टिप्पणी गर्न सकिन्छ ।

भिडियो अन्तर्वार्ता

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com