logo

३ करोड नेपालीले सधैं जयजयकार गर्नेछन्: प्रधानमन्त्री ओलीले यो काम गरे मात्रै पनि, केदार खड्का (भिडियो हेर्नुहोस्)

Mar 01, 2018

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको छ। १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ। यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ ‍औं स्थानमा थियो।

राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सुचकांक तयार पारिने बताइन्छ।

पछिल्लो प्रतिवेदनले सन् २०१६ को तुलनामा गएको वर्ष नेपाल ९ स्थान माथि उक्लिएको र दुई अंक बढी प्राप्त गरेको देखिएको छ। अहिलेसम्म नेपालले प्राप्त गरेको सबैभन्दा बढी अंक ३१ हो, ३१ बाट बढेर हाम्रो ३२ हुनसकेको छैन। अझै पनि हाम्रो अवस्था भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा एकदमै नाजुक छ।

सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित १ सय १६ औं स्थानमा रहेको थियो। ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।

सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २६ औं स्थानमा रहेको छ। भारत ८१ औं, श्रीलंका ९१ औं र माल्दिभ्स ११२ औं स्थानमा रहेका छन्। ११७ औं स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४३ औं स्थानमा छ। अफ्गानिस्तानले जम्मा १५ अंक प्राप्त गरेको छ र १ सय ८३ वटा देशमध्ये १७७ औं स्थानमा रहेको छ।

यहि सरोफेरोमाया भ्रष्टाचार बिरोधि अभियन्ता केदार खड्कासंग गरिएको बहस

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com